गीत - दीपक समीप - अक्षरयात्रा

Sunday, January 10, 2021

गीत - दीपक समीप

        गीत 

             - दीपक समीप


छोपेर राख्न  सकिन्न रैछ  यो मनलाई  बर्कोले 

झन कहाँ सक्नु जवानी थाम्न सिन्दुरको धर्कोले


छोडेर गयो  प्याराले मलाई  फर्कने कहिले हो

मायाको हात प्रेमिल साथ चाहिएको अहिले हो

खस्खसाई रह्यो यो घाँटी मेरो मायाको सर्कोले 

झन कहाँ सक्नु जवानी थाम्न सिन्दुरको धर्कोले


छट्पटी राख्छ  सधैं मन मेरो  पिरती लर्कोले

झन कहाँ सक्नु जवानी थाम्न सिन्दुरको धर्कोले


सङ्गाल्ने तिमी  नहुँदा खेरी  टुक्रा मन छरियो

न जानु छोडी  न बस्नु सम्झी  दोधारमै परियो

तन मन मेरो  भिजाइ रहयो  पानीको दर्कोले

झन कहाँ सक्नु जवानी थाम्न सिन्दुरको धर्कोले


देखिउन्न  रैछ भित्रि मन बाहिर ऐनाको चर्कोले 

झन कहाँ सक्नु जवानी थाम्न सिन्दुरको धर्कोले ।

 


No comments:

Post a Comment