उपहार (लघुकथा)- दीपक समीप - अक्षरयात्रा

Sunday, January 10, 2021

उपहार (लघुकथा)- दीपक समीप

लघुकथा

उपहार

– दीपक समीप

         सन् २०१७ को भ्यालेन्टाइन डे मा पार्टी मनाउँदै गर्दा उनीहरूका आँखा जुधे । बदलामा दुवै जना सँगै मुस्कुराए ..... ।

सन्  २०१८ को भ्यालेन्टाइन डे मा उसले रातो गुलाबको फूल दियो । बदलामा उनले सहर्ष स्वीकार गरिन् ..... ।

परिणाम भनुँ या  संयोग,  सन् २०१९  को भ्यालेन्टाइन डे को दिन नै प्रमिकाले छोरो उपहार दिई । बदलामा प्रेमी फरार भयो ..... ।

पोखरा



No comments:

Post a Comment