शुभकामना - अक्षरयात्रा

Tuesday, February 23, 2010

शुभकामना

शुभकामना
दीपक समीप
नेपाली साहित्यको लोकप्रिय विधा हो । आजभोलि, के पुराना पुस्ता, के नयाँ पुस्ता, सबै उत्तिकै उत्साहपूर्वक गजल लेखनमा लागिपरेका छन् । गजल लेख्नु, गजल पढ्नु, गजल सुन्नु अचेल प्रायःको पहिलो प्राथमिकताको विषय भएको छ । त्यसै कारणले पनि होला आजभोलि अन्यभन्दा गजल विषयक पुस्तक, लेखरचना, गोष्ठी, प्रतियोगिता र साङ्गीतिक एल्बमको बढी चहलपहल छ । यही चहलपहलभित्र असंख्य गजलकारहरू सक्रियरुपमा लागिरहेका छन्– गजललाई माथि उठाउन, गजलको विकास गर्न । गजललाई पाठकप्रिय बनाउन । गजललाई जनप्रिय बनाउन । तिनै असंख्य गजलकारहरूमध्ये जनक निर्दोष पनि एक सक्रिय गजलकार हुन् । उनको लेखन सक्रियताले पक्कै पनि नेपाली गजल साहित्यलाई गतिशील बनाउन योगदान दिएको छ । गजललाई आजको स्थितिसम्म ल्याई पु¥याउन अन्य आम गजलकारहरूको जस्तै उनको पनि मेहनत र परिश्रम छ भन्दा अत्युक्ति नहोला । किनकी सर्जकहरु नै सिर्जनाका धरोहरहरू हुन् । सर्जकहरुकै सक्रियतामा सृजनाको अस्तित्व मापन हुन्छ । त्यही अस्तित्वको खोजीमा लागिपरेका छन् गजलकार जनक निर्दोष । उनको यो अस्तित्वको खोजी समग्र नेपाली साहित्यकै लागि प्रशंसायोग्य काम हो । उनको यो खोजले जनक निर्दोषलाई नेपाली गजलको महासागरमा एउटा गन्तव्यमा अवश्य पनि पु¥याउने छ । जुन गन्तव्य अरूका लागि मृगतृष्णा बनिरहने छ र प्राप्तिका लागि निकै संघर्षहरू गर्नुपर्ने छ । तर जनक निर्दोषले भने आफ्नै बलबुताले आफ्नो गजलीय धरातल पहिल्याउने छन् । गजलका स्वर्णिम समय शेरहरू सृजना गर्दै नेपाली गजललाई उचाइमा पु¥याउने छन्– यो मेरो अपेक्षा रहेको छ जनकसँग र विश्वास पनि ।उनको यो गजल यात्राको र उनको संग्रहको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु ।

No comments:

Post a Comment