गजल
                                             - दीपक समीप
युद्द होस् हार नहोस् त्यो सम्भव छैनछुरा होस् धार नहोस् त्यो सम्भव छैन 
जिलाउँदा जिलाउँदा किसानी दाइ 
भन्छन्
बारी होस् झार नहोस् त्यो सम्भव छैन
कयौं पटक अचानो मेरो सामु रोएको छ 
प्रहार होस् मार नहोस् त्यो सम्भव छैन
छन त हामी आज विज्ञानकै युगमा छौं 
वस्तु होस् आकार नहोस् त्यो सम्भव छैन 
दिक्कै लाग्यो सत्ताको तानातान देख्दा 
हरे
देश होस् सरकार नहोस् त्यो सम्भव छैन 
खेदो खानिन्छ यहाँ फरक मत राख्नेलाई 
मान्छे होस् विचार नहोस् त्यो सम्भव छैन 
 कतिपय सोंच्दा हुन् 'दीपक'को गजलमा 
शब्द होस् दम्दार नहोस् त्यो सम्भव छैन ।
 
 
 
 
 
No comments:
Post a Comment