नेपाली मुक्तक संरचना : इतिहास र वर्तमान
संस्कृतको ‘मुच’ धातुमा ‘त’ प्रत्यय लागेर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘क’
प्रत्यय लागेर ‘मुक्तक’ शब्दको निर्माण भएको हो । मुक्तको अर्थ स्वतन्त्र, खुला, कथासूत्रमा
नगाँसिएको, बन्धनबाट पार भएको, छोडिएको, छुट्कारा पाएको भन्ने हुन्छ । अतः मुक्तकको अर्थ पनि खुला
तथा स्वतन्त्र रूपमा हृदयगत भावनालाई अभिव्यक्त गर्ने विधा भन्ने बुझिन्छ । तर
मुक्तक विधाको अर्थ खुल्ला,
स्वच्छन्द र स्वतन्त्ररूपले अभिव्यक्त गर्ने विधा भएझैँ
लागे पनि मुक्तक वास्तवमा सोंचेजस्तै मुक्त विधा भने होइन । यसका लेखनका आफ्नै
नीति–नियमहरू छन् । सो नीति–नियमभित्र बाँधिएर सिर्जना अभिव्यक्त गर्नुपर्ने
बाध्यताहरू छन् । जस्तो कि,
रुवाइयात शैलीको मुक्तकमा जम्मा चार पंक्ति हुनुपर्दछ ।
तेस्रो पंक्ति स्वतन्त्र रहेर पहिलो, दोस्रो र चौथो
पंक्ति तुकबन्दी अथवा अनुप्रासयुक्त हुनै पर्दछ । यसमा पहिलो पंक्तिले विषयवस्तुको
उठान, दोस्रो पंक्तिले विषयवस्तुको व्याख्या, तेस्रो पंक्तिले सहजताका साथ भाव र विचारको सम्प्रेषण गर्दै, मुक्तकले खास भन्नुपर्ने तथ्य कुरा खोतल्दै चौथो पंक्तितर्फ
इङ्गित गर्ने र चौथो पंक्तिले समग्रमा भन्नुपर्ने खास र महŒवपूर्ण कुरालाई मुक्तकको केन्द्रीय भावलाई बडो रोचकता, चतु¥याइँ र बेजोड शिल्प–शैलीका साथ प्रस्तुत गर्दै
टुङ्ग्याउनुपर्दछ । उदाहरणस्वरूप कवि÷मुक्तककार भूपि
शेरचनको मुक्तक प्रस्तुत छ –
पोखरेली मुक्तकसँग नेपाली मुक्तक साहित्यको इतिहास, वर्तमान र भविष्य जोडिएको छ । यसलाई सम्पूर्ण पोखरेली मुक्तककारहरूले ख्याल राख्नुपर्दछ । यही चिन्तन र मनन गर्दै ‘मुक्तक साहित्यको चटनी हो’ यसर्थ यसको स्वाद र तिख्खरतालाई पनि सदैव जोगाउनुपर्दछ । यो सोंच सम्पूर्ण नेपाली मुक्तककारहरूमा आउन जरुरी छ । अब पनि यसको निश्चित संरचनागत पक्षलाई नसमाती, मुक्तक निर्माणको बारेमा विवादमा अल्झिरह्यौं भने मुक्तकले कुनै हालतमा पनि गति लिन सक्दैन र मुक्तकको महत्व पनि घटेर जान्छ ।
त्यसबखत समाज वीररस, भक्तिरस र उपदेशात्मक काव्यबाट प्रभावित थियो । समयको कालान्तरमा तत्कालीन कविहरूबाट श्रृंगारिक रसको काव्य सिर्जना भएपश्चात् यसले अझ व्यापकता पायो । भारतमा मुगल राज्यको उदयपश्चात् उर्दू फारसीका सायरहरूले संस्कृत साहित्यका श्रृंगारिक धारका मुक्तकहरूबाट प्रभावित भई चतुष्पदीलाई रुवाइयातमा प्रवेश गराएका हुन् र संस्कृतका चतुष्पदीभन्दा भिन्नै शैली र शिल्प भएका कारण रुवाइयातमा लेखिएका रचनाहरू बढी लोकप्रिय भए । यसको प्रणेताका रूपमा विश्व प्रसिद्ध फारसी कवि उमर खैयामलाई लिने गरिन्छ । उमर खैयामका रुवाइयात शैलीका मुक्तकहरूबाट प्रभावित भई अंग्रेज कवि फिटजेराल्डले अंग्रेजी भाषामा भाव भंग नगरिकन तुकबन्दीसमेत हुबहु अनुवाद गरेपछि रुवाइयात शैलीले विश्वव्यापीरूपमा चर्चा पाउन सफल भयो । त्यस्तै भारतीय प्रसिद्ध कवि हरिवंश राय बच्चनले मधुवाला, मधुशाला र मधुकलसजस्ता चर्चित कृतिहरूमा रुवाइयात शैलीका मुक्तकहरू प्रकाशित गरेपछि सो शैली नेपाली साहित्यमा पनि भित्रिने क्रम शुरु भयो ।
सर्वप्रथम रुवाइयात शैली नेपाली साहित्यमा भित्र्याउने काम वि.सं. २०१० सालमा
भीमदर्शन रोकाले गरे । तत्पश्चात् टेकबहादुर ‘नवीन’, भूपि शेरचन, हरिभक्त कटुवाल, रत्नशमशेर थापाका
सिर्जनाले मुक्तकको स्वरूप पाएपछि र सो स्वरूप चोटिलो र स्वादिलो भएपछि तीसको
दशकमा मुक्तक लेख्नेहरूको ठूलै ताँती लाग्न पुग्यो । तीसको दशकमा यसरी मुक्तकमा
कलम चलाउनेहरू प्रमुख रूपमा क्षेत्रप्रताप अधिकारी, विनोद अश्रुमाली, मोहनहिमांशु थापा, कुलमणि देवकोटा, भीम उदास, सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, विजय वजिमय, विश्व शाक्य, विनय रावल, यादव खरेल, कृष्णप्रसाद पराजुली, चेतन कार्की, दिनेश अधिकारी, कृष्ण प्रधान, मुकुन्दशरण उपाध्याय, कुलबहादुर के.सी, भूपनिधि पन्त, नगेन्द्रराज शर्मा, रामबाबु घिमिरे, किशोर पहाडी, विनोद गौचन, लव गाउँले, अशेष मल्ल, दिव्य गिरी, बद्री पालिखे, विश्वमोहन गौचन, विष्णुविभु घिमिरे, प्रेम छोटा, श्रीहरि फुयाँल, प्रह्लाद पोखरेल, भीम खरेल, मोहन बन्जाडे, प्रेम शेर्पा, ज्ञानुवाकर पौडेल, जैनेन्द्र जीवन, धुव्र मधिकर्मी, बमबहादुर थापा जिताली, तारा पाखे, तुलसी दिवस, तोया गुरुङ, रमेश तुफान, धिरेन्द्र मल्ल, महेश प्रसाईं, नवराज कार्की, हेमन्त श्रेष्ठ, अविनाश श्रेष्ठ, कृष्ण धरावासी, राजव, हिरा आकाश, गोविन्द गिरी
‘प्रेरणा’, नकुल सिलवाल, अमृतलाल श्रेष्ठ, मोहन दुवाल, बद्रीविनोद
‘प्रतीक’, कृष्णप्रसाद बाँस्तोला, भोला थापा, तेजनाथ घिमिरे, अलिमियाँ, रुद्रबहादुर थापा, कुसुमकेशव पराजुली, उषा भट्टचन, दीपक सोती, हरिदेवी कोइराला, गेहेन्द्रभूषण पोखरेली, सूर्य खड्का ‘विखर्ची’, नारायण कार्की, घनश्याम ढकाल, रविलाल अधिकारी, नुमराज बराल, कुसुमाकर न्यौपाने, नरहरि गौतम, मदन भण्डारी
‘मुमुक्षु’, कृष्ण भण्डारी ‘मुमुक्षु’, झलक सुवेदीलगायतका
अंग्रपंक्तिमा छन् । त्यसै गरी मुक्तक साहित्यमा योगदान पु¥याउने अन्य मुक्तककारहरूको भूमिका पनि ठूलै छ । प्रमुख
रूपमा ती उल्लेख्य नामहरू– विवश पोखरेल, नारायण तिवारी, विमल निभा, युवराज नयाँघरे, रमेश पौडेल, खुमनारायण पौडेल, हरिहर पौडेल, रमेश क्षितिज, श्रवण मुकारुङ, रत्न प्रजापति, विमल भौकाजी, राजेन्द्र पराजुली, उत्तम भौकाजी, मुकुन्दराज पथिक, व्याकुल पाठक, शान्तिप्रिय, लालगोपाल सुवेदी, माणिकरत्न शाक्य, राम सञ्जेल, रमेश श्रेष्ठ, युमा श्रेष्ठ, सुरेन्द्र थापा
मगर, हरिहर तिमिल्सिना, सरस्वती श्रेष्ठ
‘सरु’, रवीन्द्र समीर, भीम राना
‘जिज्ञासु’, रमेशचन्द्र घिमिरे, दीपक समीप, नवीनचन्द्र घिमिरे, भूपिन व्याकुल, नारायण मरासिनी, भीम रानाभाट, गोविन्द सुकुम, नन्द श्रेष्ठ
‘सेवक’, कृष्ण तामाङ ‘उदासी’, दिलीप दोषी, तिलकप्रसाद पुन, रामबहादुर बानियाँ, भोला विरही, इन्द्र राना
प्रतीक, ईश्वरमणि अधिकारी, सुरेश रानाभाट, पेशल आचार्य, पेशल पोखरेल, रामेश्वर राउत ‘मातृदास’, सुविद्र गुरागाई, रविमान लमजेल, विप्लव ढकाल, राधेश्याम भट्टराई, खगेन्द्र गिरी
‘कोपिला’, इन्द्रकुमार विकल्प, शान्तिनारायण
श्रेष्ठ, आर.के. ‘अदिप्त’ गिरी, रेखाकौशल रेग्मी, बद्रीप्रसाद भिखारी, वम देवान, उज्ज्वल जिसी, आर.आर. चौलागाई, पुष्प अधिकारी ‘अञ्जली’, रमेश प्रभात, राममान तृषित, विष्णुबहादुर सिंह, वियोगी बुढाथोकी, सुविसुधा आचार्य, ऋचा लुइँटेल, निर्दोष डेबिट, गण्डकीपुत्र, रावलकृष्ण, सीता शर्मा
‘उपासना’, विवश थापा ‘आँसु’, निरञ्जन बम, रुद्र ज्ञवाली, अमर त्यागी, कपिल अज्ञात, श्रेष्ठ प्रिया
पत्थर, दामोदर पुडासैनी ‘किशोर’, इन्द्रकुमार
श्रेष्ठ ‘सरित’, प्रकाश सायमी, गोविन्दराज विनोदी, प्रेमराज लुइँटेल, साधना ‘प्रतीक्षा’, केशवराज आमोदी, आदि हुन् । त्यसै
गरी त्यसपछिका पुस्तामा पनि मुक्तकमा प्रवल र सवल रूपले कलम चलाउने मुक्तककारहरू
धेरै पाइन्छन् । तीमध्ये प्रमुख रूपमा रुपिन्द्र प्रभावी ‘कटु’, प्रकटकुमार शिशिर, गोविन्द पौडेल, छवि ज्ञवाली, अर्जुन पौडेल
‘निर्जन’, ओमप्रसाद घायल, सरस्वती
‘जिज्ञासु’, सरस्वती ‘प्रतीक्षा’, रामचन्द्र अधिकारी, विर्खे अञ्जान, सरिता तिवारी, तीर्थमान अथाहसागर, नारायण श्रेष्ठ, अल्पज्ञानी, सञ्जिव पौडेल, प्रकाश ज्ञावली, गोविन्द गिरी, कृष्ण देवकोटा, सरला लामिछाने
‘सरु’, पवित्रा भण्डारी ‘पारु’, हरिमाया पराजुली, लक्ष्मी पौडेल, विर्सना बस्नेत, अनुराग अधिकारी, हरि चालिसे
‘एबीसी’, सुमित्रा वाङ्देल ‘चेली’, ललिता दोषी, काशिराम विरस, निमेष निखिल, लक्ष्मण थापा, जनक निर्दोष, धिरज त्रिवेणी, सुमन श्रापित, जीवनसागर भण्डारी, फडिन्द्र अकिञ्चन, कपिल शर्मा ‘सञ्जोग’,
हेम सुवेदी, भुवन क्षेत्री, बसन्त विनोद, सुरेन्द्र रोहित, सागर उदास, जनार्दन दाहाल, अस्मिता भट्टराई, अदिती शर्मा, केशु शर्मा, पूर्णिमा शर्मा, सफल घिमिरे, निष्प्रभ सजी, जयन्ति गौडेल, लक्ष्मी गौडेल, कृत्रिम स्याङ्जाली, दुर्गा भण्डारी, रंगिला आचार्य आदि प्रमुख रुपमा अगाडि छन् ।
यी माथि उल्लिखित अधिकांश नामहरू फुटकर रूपमै सीमित भए तापनि केहीले भने
मुक्तक–संग्रह प्रकाशित गरिसकेका छन् – ती प्रकाशित मुक्तक–संग्रहहरू यसप्रकार
छन्–
उपनाम बस्नेतको मूर्त–अमूर्त (१९९५), नन्दहाङ खिमको प्रेमालाप (१९७२), टेकबहादुर ‘नवीन’को चोइटा (२०१६), कृष्णप्रसाद पराजुलीको सय थुँगा फूल (२०२४), भीमनिधि तिवारीको बत्तीस पुतली (२०२६), सुकुम शर्माको अमिला अणु (२०४८, २०४९) र समयका छर्राहरू (२०५७), यादव खरेलको यादव खरेलका मुक्तकहरू (२०३०), धिरेन्द्र मल्लको किनार छुन सागरमा ब्यूँझिएका लहरहरू (२०३२), सुरेन्द्रबहादुर शाहको सुकेको रुख (२०३२), महेश प्रसाइको भूमिकापछि (२०३३) सरुभक्तको बन्दखामभित्र (२०३५), लव गाउँलेको म मेरो देश खोजिरहेछु (२०३७), अनुहार त बरु कागजकै भए हुने (२०५७ आंशिक), अशेष मल्लको अज्ञात प्रदेशमा (२०३७), केशव आचार्यको आचार विचार (२०३७), मुकुन्द आचार्यको विगत र वर्तमान (२०३८), दिव्य गिरीको कङ्काल बस्ती (२०३८), नारायण तिवारीको सपनाहरू जिन्दगीका (२०३९), प्रकाश सायमीको अनन्त यात्रा (२०३९), बद्री भिखारीको हत्केलाभरिका रेखाहरू (२०४२), परागराज बाशिष्टको गजुर हजुर उजुर (२०४४ आंशिक), विप्लव ढकालको हिउँको यात्रा (२०४५), विनय वर्माको विनय बर्माका मुक्तकहरू (२०४५), दिलिप दोषीको अर्को सगरमाथा (२०४५), उज्ज्वल जी.सी.को कालो बादल (२०४६), बुँद राना, दिल साहनी, ऋषिराम भुसालको मट्याङ्ग्रा (२०४६), मोहन दुवालको सिर्जनाका फूलहरू (२०४६), संरचनाका मूलहरू (२०५२), ज्ञानुवाकर पौडेलको निर्वासित मन (२०४८), भीम रानाभाट (ज्यालादारी) को रगतका छिर्का (२०४९), विनोद मञ्जनको एक सय एक मुक्तक (२०४९), निर्मल श्रेष्ठको देशकाल परिस्थिति (२०४९), शिवभक्त शर्माको विसङ्गति (२०४९), बद्रि पालिखेको कालचक्र (२०५०) र मञ्जुरीनामा (२०५८), राधेश्याम भट्टराईको छाठी थुँगा (२०५०), विष्णु निष्ठुरीको शीत नओभाएको गाउँ (२०५०), डिल्लीराम मिश्रको सम्झना बिर्सना (२०५१ आंशिक), इन्द्रकुमार विकल्पको भुल्काहरू (२०५२), आर.आर. चौलागाईंको चास्स चुस्स (२०५२ आंशिक), कृष्णप्रसाद बाँस्तोलाको मुक्तक बत्तीसा (२०५२), रुद्रबहादुर थापाको नाङ्गै उभिएको समय (२०४९), कृष्ण तामाङ ‘उदासी’ को घायल (२०४९), विश्व शाक्यको पुड्का मान्छेका पुड्का कविताहरू (२०५०), नारायण मरासिनीको समयका धब्बाहरू (२०५१), तेजनाथ घिमिरेको अनावरण (२०५४), उषा शेरचनको अक्षरहरूको शिविरबाट (२०५६), शान्तिनारायण श्रेष्ठको विसङ्गति (२०५६), भीम दर्शन रोकाको घाम डुबी तारा नउदाएको आकाश (२०५७), डा. राममान तृषितको आज मान्छे खोज्नुपर्ने भएको छ (२०५७), निर्दोष डेबिटको बादलभित्रको जून र मेरा मनका व्यथाहरू (२०५८), धनराज गिरीको अर्थात् (२०५८), जगत ‘नवोदित’को अक्षय आकृति (२०६०) आदर्श खत्री, जुद्ध जी.एम., सुमनचन्द्र गुरुङको त्रिवेदना (२०६०), विष्णुबहादुर सिंहको इन्द्रेणी (२०६०) आंशिक), डा. रविन्द्र समीरको कालो बादलभित्र चाँदनीको घेरा (२०६२ आंशिक), सीता शर्मा उपासनाको निशा निमन्त्रण (२०६२), खगेन्द्र गिरी कोपिलाको डुबे पनि डुब्दैन घाम (२०६२) र आफ्नै छाल आफ्नै किनारा (२०६५), सीता पिरतीको बेवारिसे पिरतीको जीवन (२०६२), पुष्प अधिकारी ‘अञ्जलि’को एक अञ्जुली घाम (२०६२) र जून फुलेको बस्ती (२०६६), सुवि सुधा आचार्यको सुरम्य सुधा (२०६२), विष्णुबहादुर सिंहको अनुभूतिको सङ्ला पानाहरू (२०६१) र समयका चस्काहरू (२०६२), लेखराम सापकोटाको तिम्रा खुशीहरू (२०६१ आंशिक), प्रकाश आङ्देम्वेको ग्याँस च्याम्बरमा बुद्ध (२०६१), तीर्थ श्रेष्ठको महाभारतका गीतहरू (२०६२) दुवसु क्षेत्रीको दुवसु क्षेत्रीका प्रारम्भिक मुक्तकहरू (२०६२), कृष्ण पाख्रिनको तिमी लहर नदीको (२०६२ आंशिक), प्रदिप बगरको तिम्रो सम्झनामा (२०६२ हवाइ सञ्चयन), नारायण शर्मा गैरे र श्रीमती किरण आचार्यको भेरीका सुस्केराहरू र अस्तित्व (२०६२), ऋचा लुइँटेलको पग्लेर घाइते मन (२०६२), सिर्जना शर्माको जुनकिरीको उडान (२०६२), विवश थापा ‘आँसु’को विवशताका आँसु (२०६२), श्यामप्रसाद न्यौपानेको सोह्र दुनी आठ (२०६२), निरञ्जन बम टी.एम.को वियोग (२०६२), अमृत भिमानेली र पवन पाख्रिनको मुटुको चिनो (२०६३), मोहनबहादुर कायस्थको मोहनबहादुर कायस्थका मुक्तकहरू (२०६३), मणि सुब्बाको खण्डित हृदय (२०६३), गोविन्द गिरीको जनआन्दोलन (२०६३), सरुभक्तको हजार बुद्धहरू (२०६१), विष्णु अल्पविरामको टुकीको उज्यालो (२०६५), रेशम गिरीको संविधान (२०६६), कृष्ण भण्डारी ‘मुमुक्षु’को रुद्रावती (२०६५ आंशिक), भूषण ढुङ्गेलको तिमीले लगेको मुटु (२०६०), कृष्ण पहारीको परिवेशभित्रका पीडाहरू (२०६५), शान्तिनारायण श्रेष्ठको खाटा बस्न नसकेका घाउहरू (२०६६), लगायतका मुक्तकसंग्रह प्रकाशित भैसकेका छन् । कतिपय मेरो जानकारीमा नआएका मुक्तकसंग्रहहरू पनि प्रकाशित भएका होलान् । जुन यस लेखमा परेका छैनन् । र, मैले म आफूलाई थाहा भएको र सम्भव भएकासम्म समेट्ने प्रयत्न गरेको छु । यीबाहेक, विभिन्न साहित्यिक पत्र पत्रिकाहरूले पनि मुक्तक अंक तथा मुक्तक विशेषाङ्क प्रकाशित गरेको पाइन्छन् । ती मध्ये– ज्ञानुवाकर पौडेलको सम्पादनमा ‘मञ्जुषा’, दीपक समीप र रमेशचन्द्र घिमिरेको सम्पादनमा ‘सौगात’, दीपक कथितको सम्पादनमा ‘कोपिला’, वियोगी बुढाथोकीको सम्पादनमा ‘शिवपुरी सन्देश’, पुष्प अधिकारी ‘अञ्जलि’को सम्पादनमा ‘हाम्रो मझेरी’, आर.के अदिप्त गिरीको सम्पादनमा ‘अक्षमाला’, बद्री पालिखेको सम्पादनमा ‘मोती’, प्रदिप बगरको सम्पादनमा ‘नवसौगात’, विष्णु संगमको सम्पादनमा ‘सङ्गम’, यामबहादुर थापाको सम्पादनमा ‘चार हरफ’, इन्द्रकुमार विकल्पको सम्पादनमा ‘कालीको सुसेली’ गोविन्दप्रसाद शर्मा (सुकुम शर्मा) को सम्पादमा ‘प्रयोग’, धर्मराज बरालको सम्पादनमा ‘मुस्कान’, पृथ्वीनारायण क्याम्पसको ‘माछापुच्छ«े’ विशेष गरी प्रमुख रूपमा छन् । त्यसैगरी विद्युतीय सञ्चार माध्यमहरूले पनि मुक्तकको विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । त्यसमा पनि रेडियो नेपालबाट प्रसारित हुने रमेश पौडेलको बिम्ब–प्रतिबिम्बले त मुक्तकको उन्नयनको लागि महत्वपूर्ण देन दिएको छ । साँच्चै नै उनी यस मामिलामा सदैव पूजनीय र धन्यवादका पात्र छन् ।
तीस र चालीसको दशकमा एउटा उखानै बनेको थियो– ‘न्याय नपाए गोरखा जानू, मुक्तक सुन्न पोखरा जानू’ । न्यायको मामलामा अहिले यो उखान पुरानो र असान्दर्भिक भए तापनि मुक्तकको मामलामा भने यो उखान अझै पनि सान्दर्भिक छ । भलै अहिलेको समय र पोखरालाई गजलले ह्वाम्लङ्ग छोपे पनि, पोखरामा मुक्तक भने उति नै प्रभावकारी रहिरहेको छ । आजभोलिका अधिकांश नवस्रष्टाहरू मुक्तकलाई अत्यन्त मन पराएर, माया गरेर मुक्तक लेखनमा सक्रिय छन् पोखरामा । पोखरेली गजलको पञ्जाबाट अलि–अलि फुत्कने प्रयास गरिरहेका मुक्तककारहरू रेडियो बाराही पोखराको ‘भाव दर्पण’ र रेडियो अन्नपूर्णको ‘आँखीझ्याल’ को प्रस्तुतिपश्चात् अत्यन्त उत्साहित ढंगले मुक्तकमा लागिपरेका छन् । त्यसमाथि झन् मुक्तक मञ्च पोखराको स्थापना भएपश्चात् त पोखरेली मुक्तककारहरू संगठित रूपमा मुक्तकको विकास र उत्थानको लागि मरिमेट्दै छन् । मुक्तक प्रबद्र्धनमै रेडियो बाराहीको खुला आकाश र रेडियो अन्नपूर्णको मुक्तक यात्राले पनि अमिट छाप छोडेको छ । यस मानेमा ती कार्यक्रमका प्रस्तोताहरू सबै साधुवादका अंशियार छन् ।
यतिखेर पोखरा गजलमय र मुक्तकमय छ । आजको पोखरा मुक्तकमय हुनको लागि तीसको दशक, चालीसको दशक र पचासको दशकका पोखरेली मुक्तककारहरूको पक्कै पनि ठूलै मेहनत, लगन र हात रहेको छ भनेर भन्दा अतिशयोक्ति नहोला । पोखराको यो मुक्तक माहौलले देशका अन्य साहित्यिक ठाउँहरूमा पनि प्रभाव पार्न सफल भएको छ, चर्चा पाउन सफल भएको छ । हुन त तीसको दशकदेखि नै पोखरेली मुक्तकले राष्ट्रिय रूपमा ख्याति आर्जन गरेको हो । त्यतिखेर देशका मुक्तकका हस्तीहरू पोखरामा आएर मुक्तक सुन्ने सुनाउने प्रचलन थियो । त्यो अद्यापि छँदै छ । पोखरा मुक्तकको उर्वरभूमि हो, विशिष्ट स्थान हो । पोखराले नै मुक्तकलाई टिकट काटेर सुन्नुपर्ने बनाएपछि सम्भवतः नेपालमा नै पहिलोचोटि साहित्यलाई व्यावसायिक बनाउन खोजिएको हो । साहित्यको पनि एउटा मूल्य र मान्यता हुन्छ भन्ने विचार बोकेर, दुई रूपैयाँको टिकट काटेर गरिएको उक्त कार्यक्रम दिनमै दुई तीन सो गर्दा पनि हाउसफूल भएको अग्रजहरू बताउँछन् । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा वि.सं. २०३५ माघ २५ गते पोखरा, काठमाडौंलगायतका साहित्यिक ठाउँहरूबाट तत्कालीन चर्चित कवि, मुक्तककारहरूलाई पोखरामा निम्त्याई गरिएको टिकटमा मुक्तक कार्यक्रमका प्रमुख अतिथि हरिभक्त कटुवाल थिए ।
नेपालमै प्रथमपटक टिकटमा गरेको सो
मुक्तक कार्यक्रमले राष्ट्रिय रूपमा चर्चा पाएको थियो । त्यहीँबाट पोखरामा बर्सेनी
टिकटमा मुक्तक कार्यक्रम हुँदै आइरहेकोमा विगत तीन चार वर्षदेखि यो क्रम रोकिएको छ
। पोखरेली युवा सांस्कृतिक परिवारले गर्दै आइरहेको उक्त टिकटमा मुक्तक
कार्यक्रमलाई निरन्तरता दिनु जरुरी छ । अझ मुक्तकको उत्थानको लागि स्थापित संस्था
मुक्तक मञ्च, पोखराले यो जिम्मेवारी वहन गर्नु वान्छनीय देखिन्छ । यसको
अर्थ जुनसुकै संस्थाले गरे पनि वास्तवमा टिकटमा मुक्तक कार्यक्रम हुनै पर्छ भन्ने
हाम्रो मान्यता हो । पोखरेली मुक्तक इतिहासलाई बीच बाटोमा तुहाउन कदापि हुँदैन ।
पोखरेली मुक्तकसँग नेपाली मुक्तक साहित्यको इतिहास, वर्तमान र भविष्य
जोडिएको छ । यसलाई सम्पूर्ण पोखरेली मुक्तककारहरूले ख्याल राख्नुपर्दछ । यही
चिन्तन र मनन गर्दै ‘मुक्तक साहित्यको चटनी हो’ यसर्थ यसको स्वाद र तिख्खरतालाई
पनि सदैव जोगाउनुपर्दछ । यो सोंच सम्पूर्ण नेपाली मुक्तककारहरूमा आउन जरुरी छ । अब
पनि यसको निश्चित संरचनागत पक्षलाई नसमाती, मुक्तक निर्माणको
बारेमा विवादमा अल्झिरह्यौं भने मुक्तकले कुनै हालतमा पनि गति लिन सक्दैन र
मुक्तकको महत्व पनि घटेर जान्छ । यो आजका मुक्तककारहरूले बुझ्नैपर्ने कुरा हो ।
मुक्तकको विकासको लागि जुट्नुपर्ने कर्तव्य र दायित्व पनि हो । यो दायित्वबोध
प्रत्येक मुक्तककारले गर्नुपर्दछ । तपाईँले पनि .... । मैले पनि .... ।
– समकालीन साहित्य – वर्ष १० पूर्णाङ्क ३८
– शिवपुरी सन्देश – वर्ष ४ ,पूर्णाङ्क १०
– प्रयोग – वर्ष २ ,पूर्णाङ्क ६
– टुकीको उज्यालो – मुक्तक सङ्ग्रह
– जनआन्दोलन – मुक्तक सङ्ग्रह
– कालीको सुसेली – मुक्तक विशेष
सर मैले screen short गरेर राख्या छु पक्कै ध्यान दिएर पढ्नेछु
ReplyDelete