गजल - दीपक समीप - अक्षरयात्रा

Friday, January 8, 2021

गजल - दीपक समीप

            गजल

                 -            दीपक समीप









गल्ती अलिकति तरवारको पनि हुन सक्छ

गल्ती अलिकति दरबारको पनि हुन सक्छ

 

छँदाखाँदाको सत्ता सजिलै कहाँ पल्टन्छ र

गल्ती अलिकति सरकारको पनि हुन सक्छ

 

जुन  घरमा  रातदिन  रडाको  मच्चिन्छ

गल्ती अलिकति घरबारको पनि हुन सक्छ

 

नभन काल आएपछि सिपाहीको के लाग्छ

गल्ती अलिकति सरदारको पनि हुन सक्छ

 

कुरै नबुझी तिमी हाकिमलाई दोष दिन्छौं

गल्ती अलिकति खरदारको पनि हुन सक्छ ।

                                                       पोखरा


No comments:

Post a Comment