गजल
- दीपक समीप
बितिसकेर समय जागेपछि के काम
फलाममा खिया लागेपछि के काम
अहिंसा परमोधर्म भन्दै अचानक
लडाइँमा सिपाही भागेपछि के काम
जान त गएका’ थे ती सगरमाथा चढ्न
आधार शिविर नपुग्दै थाकेपछि के काम
शिकारी त्यो माहिर हो शिकार खेल्न त
तर निष्प्राणलाई बन्दुक ताकेपछि के काम
हुन्थ्यो असर त्यो नखराको जवानीमा हुन्थ्यो
अब , अहिले बुढ्यौली नाघेपछि के काम
दिएथ्यो मलाई ,कसैले जन्मदिनको उपहार
तर,भोलिपल्टै फिर्ता मागेपछि के काम ।
पोखरा
deepaksameep@gmail.com
No comments:
Post a Comment