गजल
- दीपक समीप
देखायो नि' चटकेले अचम्मको खेला कसरी म हाँस्न सक्छु देश रोएको बेला
आकाशमा स्वच्छन्द उड्दो परेवालाई
बन्दुकले ताक्दै रै'छ बुद्धको त्यो चेला
धेरै भयो देशबाट शान्ति हराएको
खोजी रा'छु कुनै दिन पर्ला कि त फेला
हलो जोत्दा घरको लागि कोदालो खन्दा
काम गर्दा न उठे कहिले उठ्छ ठेला
बिरालोलाई घण्टी बाँध्ने छ कुनै मुसा
बाह्रैमास भयो देशमा गाईजात्रे मेला
देखायो नि' चटकेले अचम्मको खेला कसरी म हाँस्न सक्छु देश रोएको बेला
आकाशमा स्वच्छन्द उड्दो परेवालाई
बन्दुकले ताक्दै रै'छ बुद्धको त्यो चेला
धेरै भयो देशबाट शान्ति हराएको
खोजी रा'छु कुनै दिन पर्ला कि त फेला
हलो जोत्दा घरको लागि कोदालो खन्दा
काम गर्दा न उठे कहिले उठ्छ ठेला
बिरालोलाई घण्टी बाँध्ने छ कुनै मुसा
बाह्रैमास भयो देशमा गाईजात्रे मेला
No comments:
Post a Comment