अक्षरयात्रा

Tuesday, January 12, 2021

साहित्यिक सूचना

8:23 AM 0
साहित्यिक सूचना

 कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७६ सालको तीन पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानका अनुसार ,
कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार - आख्यानकार भागिरथी श्रेष्ठलाई
कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान - कवि गजलकार कविराज पोखरेल र
कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार - कवि निमेष निखिललाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारहरुका राशि क्रमश: रु पचीस हजार , पन्द्रह हजार र एघार हजार रुपैयाँ रहेको छ ।
सबै स्रष्टाहरुलाई हार्दिक
बधाई
छ।




Sunday, January 10, 2021

कविता - * कविताको अनुहार *

11:04 PM 1
कविता  - * कविताको अनुहार *

   

कविता


                           


दीपक समीप


* कविताको अनुहार *



अचेल

म दिक्क भएको छु

पढ्दा पढ्दा

डेट एक्स्पायर पोइजन जस्ता

समकालिन भनिने कविताहरु । । । । । । । । ।


पढिरहेको छु

अघिल्लो दिन देखिको

त्यत्रो कुँदाकुँदा पछि पनि 

रित्तो सिलिण्डर बोकेर

घर फर्कनेको अनुहार जस्तो कविता ।

पढिरहेको छु

नाकाबन्दीले तहस नहस

श्रमिकको साँझ विहान जस्तो कविता

मा पढिरहेको छु

अदालतमा पटक पटक पेशी सरेर

फैसला गर्नै बाँकी

फैसला जस्तो कविता ।


म  

देखिरहेको छु

धुमिल धुमिल कविहरु

जो दैडिरहेकाछन् फगत दौडिरहेकाछन्

कोही  पार्टी कार्यालयतिर

कोही  पत्रीका कार्यालयतिर

कोही  टी भी रेडियो कार्यालयतिर

कोही  चिया पसलतिर

कोही  भट्टी पसलतिर

र 

कोही  मसाज पार्लरतिर

त्यसो त 

नेताहरु पनि दौडिरहेकाछन् अहिले

कोही  उतरतिर दौडिरहेकाछन्

कोही  दक्षिणतिर दौडिरहेकाछन्

कोही  सडकतिर दौडिरहेकाछन्

कोही  सदनतिर दौडिरहेकाछन्

भूपीको कविता जस्तो यो देशमा

बैसाखी टेकेर दौडनेहरुको 

यहाँ ठूलो भिड छ

हामी भने 

जरा गाडेर

पढिरहेका छौं  तावाका माछा जस्तो कविता । 



साथी !

अचेल 

हिट भएकाछन्

बिरामी बोकेको एम्बुलेन्समा

हानिने ढुङा जस्तो कविता

री टुइट गरिएकाछन्

निर्दोषलाई लगाइएको 

हतकडी जस्तो कविता

लाईक गरिएका छन्

सडक दुर्घटनामा 

लासको ब्यापार गरेर

मागिएको 

क्षतिपूर्ती जस्तो कविता

भाइरल भएकाछन्

पोर्न फिल्मका संवाद जस्ता कविता ।


अरे ! ओ !! कवि !!!

तिमी किन लेखिरहेका छौ 

रुघाखोकी जस्तो कविता ?

जुन

न तिमीलाई काम लाग्छ

न अरुलाई काम लाग्छ ....... ।



 

साहित्यिक सूचना ।

8:03 AM 0
साहित्यिक सूचना ।

 गीतकार संघ नेपालको एघारौं साधारणसभा तथा पाँचौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।जस अनुसार

१. अध्यक्ष - शुभ मुकारुङ
२. उपाध्यक्ष - वसन्त वित्यासी थापा
३. महासचिव - रमेश कोइराला
४. सचिव - महेश आचार्य
५. कोषाध्यक्ष - जीत बहादुर घले
६. सदस्य - लोकराज अधिकारी
७. सदस्य - सुमि सिंह
८. सदस्य - चेतन खतिवडा
९. सदस्य - प्रतिमा श्रेष्ठ
१०. सदस्य - उमेश राई
११. सदस्य - शितल कादम्बिनी
नयाँ कार्यसमितिलाई हार्दिक
बधाई
छ।


उपहार (लघुकथा)- दीपक समीप

6:08 AM 0
उपहार (लघुकथा)- दीपक समीप

लघुकथा

उपहार

– दीपक समीप

         सन् २०१७ को भ्यालेन्टाइन डे मा पार्टी मनाउँदै गर्दा उनीहरूका आँखा जुधे । बदलामा दुवै जना सँगै मुस्कुराए ..... ।

सन्  २०१८ को भ्यालेन्टाइन डे मा उसले रातो गुलाबको फूल दियो । बदलामा उनले सहर्ष स्वीकार गरिन् ..... ।

परिणाम भनुँ या  संयोग,  सन् २०१९  को भ्यालेन्टाइन डे को दिन नै प्रमिकाले छोरो उपहार दिई । बदलामा प्रेमी फरार भयो ..... ।

पोखरा



मुक्तक- दीपक समीप

5:41 AM 0
मुक्तक- दीपक समीप

 मुक्तक

                - दीपक समीप

जब गाउँबाट झरियो शहर यस्तो होला भन्ने सोच्दै सोचिएन

जब शहरमा बसियो कहर यस्तो होला भन्ने सोच्दै सोचिएन

कहरकै बिचमा एकदिन तिमीलाई देखियो तिमीलाई भेटियो

जब तिमिलाई भेटियो रहर यस्तो होला भन्ने सोच्दै सोचिएन ।



 

मुक्तक - दीपक समीप

5:21 AM 0
 मुक्तक - दीपक समीप

 मुक्तक

               - दीपक समीप

टोलाउँछ घरी हाँस्छ उसको  दिलमा हलचल हुनुपर्छ

मनमनै बात मार्छ उस्को मनमा ठूलै छलफल  हुनुपर्छ

एउटा अपरिचित सडकमा एक्लै बर्बराउँदै हिंडेको छ

कि त्यो पक्कै कवि हुनुपर्छ या त जरुर पागल हुनुपर्छ

 


5:06 AM 0

मुक्तक

                  - दीपक समीप

बैँस त यस्तो होस् फूलले तिमीसँग सापट मागोस्

पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्

छौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्

सोंचे मैले नि सोंच्न हुने नहुने लागे बरु पापै लागोस् ।